खुल्याे नारायणगढ–मुग्लिन सडकखण्ड

काठमाडौँ । वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएकाे छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका दुई स्थानमा पहिरो खसेपछि अवरुद्ध बनेकाे सडक खुलेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले पहिरो हटाएर दुईतर्फी बाटो सञ्चालनमा आएको बताए ।

सडक अवरुद्ध भएपछि सवारी साधनहरू नारायणगढ, आबुखैरेनी, मुवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *