व्याख्यात्मक घोषणा एमसीसीको अंग बने नबनेकाे जानकारी दिनुपर्छ : भीम रावल

काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणा एमसीसीको अंग बनेको वा नबनेको बारे जानकारी गराउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयमाथिको छलफलका क्रममा रावलले यस विषयमा सदनमार्फत जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् ।

१२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंग भएको पत्र प्राप्त नभएको उनकाे भनाई छ । त्यस्तै उनले बजेटमा रहेका विषयहरूको कार्यान्वयनको आधार नभएको तर्क गरे । रावलले काठमाडौँको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको भन्दै फोहोर सफा गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले काठमाडौँको फोहर सफा गर्न नसक्नेले अर्थतन्त्रमा ठूलो चमत्कार गरेर देखाउछौँ भनेर जनतालाई भ्रमामा राख्न खोजेको बताए ।

रावलले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा सरकार डराएको टिप्पणी गरे । कालापानी, लिपुलेक, लिम्पीयाधुरामा नेपाली भूमि अतिक्रमण हुँदा पनि सरकार मौन बस्नु आश्चर्यजनक भएको उनकाे भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *