ललितपुरमा १५ वर्षीया किशोरीमाथि बलात्कार, आरोपित पक्राउ

काठमाडौँ । ललितपुरमा १५ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी बलात्कार गरेको आरोपमा ललितपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बलात्कारको आरोपमा ओखलढुङ्गाको चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भई ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने २३ वर्षीय मिलन परियारलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार परियारमाथि विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ ती किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोप छ ।

पीडित पक्षबाट उजुरी परेपछि प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले परियारलाई पक्राउ गरेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *