कांग्रेसकै सांसदले साेधिन्, सरकार कहाँ छ ?

काठमाडाैँ । सत्तारूढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार कहाँ छ भन्दै प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा उनले पाठ्यपुस्तकको समस्या, मलको समस्या, महङ्गी नियन्त्रण हुन नसकेको भन्दै सरकार कहाँ छ भन्दै प्रश्न गरेकी हुन् ।

उनले नागरिकप्रति सरकार जिम्मेवार र बफादार बन्न नसकेको धारणा राखिन् । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको र खेती लगाउने बेला किसानले मल नपाएको उनले बताइन् ।

त्यस्तै, उनले नागरिकको ढाड सेके पनि महँगी नियन्त्रणमा सरकारले ध्यान पु¥याउन नसकेको र हत्या, हिंसा र बलात्कारका घटना भए पनि पीडितले न्याय पाउन नसकेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *