गृहमन्त्रीकै निर्देशनमा त्रिविमा ताला लागेकाे सांसदकाे आरोप

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले गृहमन्त्री बालकृष्ण खाणप्रति गम्भीर आरोप लगाएकी छन् ।

आज प्रतिनिधि सभा संसद बैठकमा बोल्दै उनले गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी भएकाे आरोप लगाएकी हुन् ।

उनले भनिन्, ‘त्रिवि पाँच महिनादेखि बन्द छ। सरकारको ध्यान आकर्षित हुन सकेको छैन, अचम्म लाग्छ, बीचमा एक दिन एकछिन मात्रै खुलेर गृहमन्त्रीको निर्देशनमा प्रहरीलाई साक्षी राखेर विश्वविद्यालय बन्द गरिएको भन्ने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *