स्कुल र कार्यालय समय फरक बनाई ट्राफिक जाम घटाऔँ: प्रकाशमान सिंह

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आज बिहीबारको प्रतिनिधिसभा बैठकमा काठमाडौँ उपत्यकामा ट्राफिक जाम धेरै बढेकाले यसको व्यवस्थापनमा जोड दिनुपर्ने बताएका छन्।

सांसद सिंहले ट्राफिक जाम घटाउनका लागि विद्यालय र सरकारी कार्यायल सञ्चालनको समय फरक फरक बनाउन प्रस्ताव गरेका छन् । आजको संसद् बैठकको शून्य समयमा सांसद सिंहले विद्यालय र कार्यालय समय फरक पार्न सकिएमा काठमाडौँमा हुँदै आएको ट्राफिक जाममा केही कमी आउने बताउँदै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘काठमाडौँको ट्राफिकको कारणले एक ठाउँबाट अर्को ठाउँमा जान समय धेरै लाग्छ । स्कुल जाने टाइम र अफिस सञ्चालन गर्ने टाइम फरक गरेर यो ट्राफिक जाममा केही फरक आउँछ कि त्यतातिर पनि सोचौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *