त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित १ जना पक्राउ
२०७९ जेठ २६ गते

काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्डरवेयरमा सुन लुकाई ल्याएका एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
बिहीबार बिहान पौने १० बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट आएका धनुषाका जितेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
प्रहरीले उनकाे साथबाट ४६६.५ ग्रामका चार बिस्कुट र ५० ग्रामको सिक्री एउटा गरी जम्मा ५१६.५ ग्राम सुन बरामद गरेको छ ।
२०७९ जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








