मेलम्चीको बाढीले अस्थायी पुलमा क्षति, मर्मत कार्य जारी

काठमाडौँ । वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा राखिएको अस्थायी पुलमा क्षति पुगेको छ ।

गएरातिको भारी वर्षाका कारण नदीमा बाढी आएपछि मेलम्ची नदीमा बनाइएको अस्थायी संरचनामा क्षति पुगेको हो । गएरातिको वर्षाले मेलम्ची नगरपालिका–११ मा ह्युम पाइप राखेर बनाइएको फट्के पुलमा क्षति पुर्‍याएको हो । पुलमा क्षति पुग्दा सडक अवरोध भएको छ भने यातायात प्रभावित भएका छन् ।

मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ लगायतले क्षतिग्रस्त स्थलको अनुगमन गरेका छन् । नगरप्रमुख तामाङले पुलको मर्मत कार्य शुरू भइसकेको बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *