जिसस गोरखामा माओवादीको एकल उम्मेदवारी

पोखरा । जिल्ला समन्वय समिति गोरखामा माओवादीको बहुमत भएसँगै एकल उम्मेदवारी परेको छ । बुधबार भएको मनोनयन दर्ताका क्रममा प्रमुख, उपप्रमुखसहित नौ वटै पदमा माओवादी केन्द्रबाट मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए ।

उनका अनुसार प्रमुखमा मोहनबहादुर थापा र उपप्रमुखमा लिला परियार मात्रै उम्मेदवार छन् । यहाँ कांग्रेस दोस्रो शक्ति हो । तर मत निकै कम भएपछि कांग्रेसले उम्मेदवारी नै दिएको छैन ।

सदस्यमा शिवप्रसाद रेग्मी, मोहन ढकाल, मोहम्मद हकिमदिन मियाँ, गंगा बहादुर वयालकोटी, प्रमिना घले, मीरा उपरकोटी र इन्दिरा देवकोटाको उम्मेदवारी परेको छ । ११ स्थानीय तह रहेको गोरखामा माओवादीको १५ मत छ भने कांग्रेसको ७ मत मात्रै छ ।

माओवादी उम्मेदवार निर्विरोध भएपछि आधिकारिक जीतको घोषणा भने गरिएको छैन । जेठ २९ गते निर्वाचन तोकिएको छ । २९ गते नै घोषणा गरिने बरालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *