नेपाल प्रहरीका नवनियुक्त पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान
२०७९ जेठ २५ गते

काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
मन्त्रिपरिषद्को यही जेठ २३ को निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई आज प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकको तर्फबाट मन्तव्य व्यक्त गर्दै सुवेदीले आफ्नो बुद्धि, विवेकले भ्याएसम्म प्रहरी सङ्गठन, देश र नागरिकको सेवामा उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतबाट हाल भइरहेका कामलाई निरन्तरता दिँदै सुधारका पक्षलाई समेत समेटेर उत्कृष्ट काम हुने विश्वास व्यक्त गरे ।
२०७९ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित








