गण्डकीको नीति तथा कार्यक्रम प्रदेश मन्त्रीले नै गरे बहिष्कार

पोखरा । गण्डकी सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा टेवुल गरेको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसदमा नीति कार्यक्रम प्रश्तुत गर्दा प्रदेशका २ मन्त्री सहभागी भएनन् । स्वतन्त्र सांसदबाट मन्त्री बनेका राजीव गुरुङ र जनता समाजवादीका सांसद अर्का मन्त्री हरिशरण आचार्य संसद भवनमा थिएनन् ।

युवा तथा खेलकुद मन्त्री गुरुङले मुख्यमन्त्रीको सचिवालयमा जानकारी गराएरै आफन्त विरामी परेको भन्दै काठमाडौँ गएका थिए । अर्का उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री आचार्य भने भद्र अवज्ञामा थिए । उनले नीति तथा कार्यक्रमको पेश गर छलफलमा सहभागी नहुने जानकारी मुख्यमन्त्रीलाई गराएका छन् ।

‘बजेट निर्माणमा हाम्रो मन्त्रालयलाई अपमान गरियो । नीति तथा कार्यक्रममा कतिपय योजना दिएको थिएँ, समेटिएन । सांसदलाई टाउका गनेर बजेट दिने प्रबृत्ति अन्त्य गरेर मन्त्रालयबाट छुट्याउनुपर्छ भनेर भद्र अवज्ञा गरेको छु,’ उनले भने, ‘यो मन्त्रालयकै अवज्ञा हो । म पनि गइनँ । सचिव ज्यू पनि जानुभएको छैन ।’

बजेट निर्माणमा आफ्नो मन्त्रालयलाई अपमान गरेको आचार्यको भनाइ छ । ‘मुख्यमन्त्री कार्यालयमा बसेर अहिले पनि योजना टाइप गरेर बसेका छन् । अर्थ मन्त्रालयले योजना टाइप गरिरहेको छ,’ उनी भन्छन्, ‘मुख्यमन्त्री र अर्थ मन्त्रालयले योजना टाइप गरेर बस्ने हो ? कि मन्त्रालयलाई फरवार्ड गरेर सम्बोधन गराउने हो ?’

उनले बजेटको सिलिङ समेत १ अर्बभन्दा बढी घटेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *