स्थानीय निर्वाचनमा गठबन्धनलाई बढी विश्वास गर्दा धाेका भयाे : अध्यक्ष नेपाल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै भरोसा गर्दा धोका भएको बताएका छन् ।

बुधबार काठमाडौँमा पार्टी विद्यार्थी जिल्ला विशेषको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनलाई धेरै भराेसा गर्दा धोका भएको र आफ्नै बलमा चूनाव उठेको भए धेरै स्थान विजयी गर्ने दावी गरे ।

उहाले स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै आगामी निर्वाचनका लागि पार्टी पार्टी निर्माण कार्यलाई तीव्रता दिने धारणा पनि राखे ।

अध्यक्ष नेपालले गठबन्धनको भविष्य छैन भन्नेका पछाडि नलाग्न आग्रह गर्दै कमीकमजोरीको आलोचना गर्ने बताए ।

त्यस्तै पार्टीका मन्त्रीहरू परिवर्तनमा विषयमा कोही पनि असन्तुष्ट नरहेको दावी गरे ।

उनले मन्त्री परिवर्तन गर्ने दवाव अरू दलमा पनि आएको हुनसक्ने भएकाले तर्क गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =