जिसस चितवनको निर्वाचन जेठ ३१ गते, गठबन्धन र एमालेको बराबरी मत
२०७९ जेठ २५ गते

चितवन । जिल्ला समन्वय समिति चितवनको निर्वाचन जेठ ३१ गते हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले निर्वाचनको तालिका सार्वजनिक गरिसकेको छ ।
पाँच दलीय गठबन्धन र नेकपा एमालेको बराबरी ७/७ मत रहेको हुनाले निर्वाचन रोचक हुने देखिएको छ । निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले गोलाप्रथाको सम्भावना बलियो रहेको बताए ।
पहिलो चरण निर्वाचनमा सबै उम्मेदवारको बराबरी मत आयो भने गोलाप्रथाबाट विजेता चयन हुने उनी बताउँछन् । जेठ ३१ गते बिहान १० बजेदेखि १२ बजेसम्म निर्वाचन हुनेछ ।
निर्वाचन तालिका अनुसार जेठ २८ गते मतदाता नामावली प्रकाशन, जेठ २९ गते अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जेठ ३० गते उम्मेदवारको सूची प्रकाशन गरिनेछ भने सोही दिन उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।
२०७९ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित








