चितवनको रत्ननगरमा जन्ती बस दुर्घटना, १३ जना घाइते
२०७९ जेठ २५ गते

चितवन । चितवनको रत्ननगर–२ स्थित सब्जीमण्डीनजिक पूर्वपश्चिम राजमार्गमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।
आज साँझ ४ः५० बजे भएको दुर्घटनामा १३ जना जन्ती घाइते भएका चितवन प्रहरीले जनाएको छ । घाइतेहरूलाई रत्ननगर प्रहरीले उद्धार गरी अस्पताल पठाएको छ ।
रत्ननगरको हरिहर मन्दिरबाट दुलही लिएर घर गएको खैरहनी ९ बडगाउँ गएको
ना ५ ख ६४३ नम्बरको जन्ती बस अचानक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । बसमा २६ यात्रु थिए ।
२०७९ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित








