थप १६ जनामा कोरोना संक्रमण, ८ निकाे

काठमाडाैँ । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार १ सय २१ पिसिआर परिक्षणका क्रममा १० जना र ९ सय २८ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप ८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ६२ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =