मदन पुरस्कार विजेता पुस्तक ‘खलंगामा हमला’ माथि फिल्म बन्ने

काठमाडौँ ।  राधा पौडेलद्वारा लेखिएको मदन पुरस्कार विजेता पुस्तक ‘खलंगामा हमला’ माथि फिल्म बन्ने भएको छ ।

पौडेलको कृतिमाथि विनोद विष्टको निर्देशनमा ‘खलंगामा हमलाः जुम्ला अ नर्स स्टोरी’ नामक फिल्म बन्ने घोषणा गरिएको हो । निर्देशक विष्टले यसअघि झमक घिमिरेद्वारा लिखित पुस्तक ‘जीवन काँडा कि फूल’माथि आधारित फिल्म बनाएका थिए। व्यवसायिक रूपमा उक्त फिल्मले सफलता नपाए पनि समीक्षकहरूबाट भने राम्रै प्रतिक्रिया पाएको थियो ।

‘पुस्तक अध्ययन गर्दा खलंगामा हमला मन पर्यो,’ निर्देशक विष्टले भने, ‘किताबमा धेरैले अप्रोच गरेका छन्, विदेशी र नेपाली दुवैले । मैले चाहिँ यसमाथि फिल्म बनाउने निर्णय गरेको छु ।’ उनले त्यो बेला खलंगामा भएको घटनाबारे पुस्तकले सचित्र वर्णन गरेकाले सिनेमामा उतार्दा पनि यथार्थ चित्रण हुने बताए । पुस्तककी लेखक राधा पौडेलले पनि आफ्नो पुस्तक नयाँ माध्यमबाट स्रोता र दर्शकमाझमा पुर्‍याउने औपचारिकता पूरा भएको बताइन् ।

फिल्ममाथि प्रारम्भिक कामहरू शुरू भइसकेको बताउँदै कास्ट र छायाँङ्कनमा पनि चाँडै जाने निर्देशक विष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *