जिसस कालिकोटको प्रमुख उपप्रमुखमा माओवादीका उम्मेदवार विजयी

सुर्खेत । कालिकोट जिल्ला समन्वय समितिमा नेकपा (माओवादी केन्द्र)का उम्मेदपार विजयी भएका छन् । प्रमुखमा धनजित शाही र उपप्रमुखमा मिना रावत (विश्वकर्मा) निर्वाचित भएकी छन् ।

धनजित शाही नेकपा माओवादी कर्णाली प्रदेशका सचिव समेत हुन् ।

यस्तै, सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का अजयबहादुर बम, वीरबहादुर रावत, अप्सरा कुमाल, सुर्जाकुमारी रोकाया निर्वाचित भएकी छन् ।

नेपाली काँग्रेसका धनबहादुर शाही र कालीबहादुर नेपाली तथा नेकपा (एकीकृत समाजवादी)का धनसरा विष्ट निर्वाचित भएकी छन् ।

समन्वय समितिको निर्वाचनमा कालिकोटमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । गठबन्धनका उम्मेदवार शाहीले १५ मत ल्याएर विजयी भए भने शाहीका प्रतिद्वन्द्वी नेकपा एमालेका तुलाराज मल्लले २ मत ल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *