‘चाेलेन्द्रले ठूलाे अनियमितता गर्दा इम्बाेस्ड नम्बर प्लेट अङ्ग्रेजीमा लेख्नुपर्‍याे'(भिडिओसहित)

काठमाडाैँ । नेकपा एमालेका सांसद भीमबहादुर रावलले तत्कालीन प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराकाे ठूलाे अनियमितताका कारण नेपाली सवारी साधनकाे इम्बाेस्ड नम्बर प्लेट अङ्ग्रेजी भाषामा लेख्नुपरेकाे बताएका छन् । आफूलाई कुनै वरिष्ठ अधिवक्ताले बताएकाे उल्लेख गर्दै उनले मंगलबारकाे संसद् बैठकमा भनेका छन्, ‘त्यसपछि राष्ट्रलाई फसाउने काम भयाे ।’

उनले त्यसअघि भनेका छन्, ‘जत्तिबेला नेपालमा पनि इम्बाेस्ड नम्बर प्लेट राख्ने भनियाे । नेपालले जसलाई ठेक्कापट्टा दियाे त्याे कम्पनीलाई त विश्व बैंकले कालाेसूचीमा राखेकाे छ । त्यहाँ सरासररूपमा हेर्दा ३ देखि ४ अर्बसम्म घाेटला हुने देखिन्छ । अनि गुणस्तर हेर्नुस् त; इम्बाेस्ड नम्बर प्लेट प्रदान गरिएकाेमध्ये १५ सय वटाकाे त १ वर्षमै खुइलिसक्याे भनेर समाचारमा आएका छन् । त्यमसा हाम्राे संविधानकाे धारा ७ अनुसार त सरकारी काम-काजीकाे भाषा त देवनागरी हुने भनिएकाे छ । खै त के भयाे त्यहाँ त अङ्ग्रेजी भाषा प्रयाेग गरिएकाे छ । मलाई एकजना वरिष्ठ अधिवक्ताले यसविरुद्ध सर्वाेच्च अदालतले फैसला गर्दा तत्कालीन प्रधानन्यायाधीश चाेलेन्द्रशमशेरले ठूलाे अनियमितता गरेकाेले देशलाई फसाउने काम भयाे भनेर भन्नुभयाे ।’

यसअघि परेकाे उजुरीकाे सुनुवाइ गर्दै सर्वाेच्च अदालतले अङ्ग्रेजी भाषामै नम्बर लेख्न सकिने फैसला गरेकाे थियाे । जत्तिबेला प्रधानन्यायाधीशकाे भूमिकामा चाेलेन्द्रशमशेर जबरा थिए ।

रावलले इम्बाेस्ड नम्बर प्लेट भारत, पाकिस्तानलगायतका देशहरूका भन्दा धेरै महँगाे भएकाे पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *