पोखरामा विश्वस्तरीय वैज्ञानिक सम्मेलन गरिने

पोखरा । गण्डकी सरकारले आउँदो वर्ष पोखरामा वैज्ञानिक सम्मेलन गर्ने भएको छ । नीति तथा कार्यक्रममार्फत ज्ञान र सीप आदान प्रदान गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना गर्ने जनाएको हो ।

प्रदेशमा अनुसन्धानको अनुकुल वातावरण तयार गरी स्वदेश तथा विदेशमा अनुसन्धान कार्यमा संलग्न अनुसन्धान कर्तालाई प्रदेशमा आकर्षित गरिने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जानकारी दिए ।

यस्तै, प्रदेशमा स्थापना भएका अनुसन्धान केन्द्रको क्षमता अभिवृत्ति कार्यक्रम सुरु गर्ने र यसका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने सरकारले जनाएको छ । प्रदेशको कृषि तथा औद्योगिक उत्पादन र उत्पादकत्व बृद्धि गर्नका लागि अनुसन्धान कार्य सञ्चालन गरिने बताइएको छ ।

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश प्रमुखसँग युवा वैज्ञानिक कार्यक्रम सुरु गरिनेछ । प्रत्येक वर्ष युवा वैज्ञानिकको सम्मेलन आयोजना गर्ने पुरस्कृत गर्ने व्यवस्था मिलाउने गुरुङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *