गण्डकी सरकारले सुत्केरीलाई ४५ दिने पोषण भत्ता दिने

पोखरा । गण्डकी सरकारले आउँदो वर्षदेखि सुत्केरी महिलालाई ४५ दिनसम्म पोषणभत्ता उपलब्ध गराउने बताएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ‘सुत्केरी आमा, पोसिलो खाना’ कार्यक्रम सञ्चालन गर्ने बताए । सोही कार्यक्रमबाट स्थानीय तहसँगको सहकार्यमा ४५ दिनसम्म विपन्न परिवारका सुत्केरीलाई पोषणभत्ता उपलब्ध गराउने बताइएको हो ।

यस्तै, बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराउन मातृ शिशु अस्पताललाई एकीकृत मातृ तथा बाल अस्पतालका रूपमा स्तरोन्नति गर्ने कार्यक्रम अघि सारिएको छ ।

सरकारले आमा र शिशुको स्वास्थ्यका लागि एयर लिफ्टिङ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

२ वर्षअघि देखि सरकारले दुर्गम ठाउँका सुत्केरी र गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचारका लागि पु¥याउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *