कर्णालीको नीति तथा कार्यक्रम : प्रदेश अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्नति गरिने

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका २ मा रहेको सालकोट प्रथामिक स्वास्थ केन्द्रलाई ५० सैयाको अस्पतालको रूपमा स्तरोउन्नति गरिने भएको छ ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको निती तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले यस्तो बताएका हुन् ।

परिवारका अनुसार सुर्खेत जिल्लाको पश्चिम क्षेत्रलाई उपचारमत्क स्वास्थ्य सेवालाई सहज तथा गुणस्तरीय बनाउँनका लागि सालकोट प्रथामिक स्वास्थ केन्द्रलाई ५० सैयाको अस्पतालको रूपमा स्तरोउन्नति गरिने भएको हो । जसका लागि आवश्यक पूर्वाधारको व्यवस्थापन गरिने जनाएको छ ।

यस्तै, सरकारले वीरेन्द्रनगर नगरपालिका ४ मा रहेको प्रदेश अस्पताललाई विशिष्टिकृत तहको रूपमा विकास गरि स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने नीति लिएको छ ।

नीति कार्यक्रम सार्वजनिक गर्दै परियारले स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर जाने बाध्यतालाई क्रमशः न्युनीकरण गरिने बताएका छन् ।

यस्तै, प्रदेश आयुर्वेदिक औषधालयलाई खोज अन्वेषण केन्द्रका रूपमा विकास गरिने, स्वास्थ्य सेवा सर्वसुलभ बनाउन पहल गरिने, सामुदायिक स्वास्थ्य सेवा, टेलिमेडिसिन लगायतका सेवा सुचारु गर्ने, स्वास्थ्यकर्मीलाई तालिम तथा प्रोत्सोहान गरिने नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *