२०७८ मंसिर १ गतेदेखि दर्ता भएका सवारीले मात्रै अनिवार्य इम्बाेस्ड लिनुपर्ने

काठमाडाैँ । यातायात व्यवस्था विभागले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारी साधन र २०७९ जेठ १ गतेबाट नवीकरण भएका सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेटका विषयमा जानकारी दिन मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले साउन १ भित्रै जडान गरिसक्नुपर्ने इम्बोस्ड नम्बर प्लेट सबै सवारीसाधनलाई अनिवार्य नभएको जानकारी दिएका हुन् ।

तत्कालै एकैपटक २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट राख्न असम्भव रहेको भन्दै उनले पूर्वाधार विस्तारको काम भइरहेको बताए । पूर्वाधार तयार भएका बागमती र गण्डकी प्रदेशमा सवै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सूचना सही नभएको उनकाे भनाइ छ ।

उनले इम्बोस्ड नम्बर प्लेट दुई सय मिटरको दूरीमा समेत देखिने दावी गरे । विभागले संसदले कानून कार्यान्वयनका लागि मात्रै इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई अघि बढाइएको भन्दै यसमा विभागको कुनै नीति उद्देश्य नरहेको उनले बताए ।

त्यस्तै, विभागले इम्बोस्ड नम्बर प्लेटका बारेमा अनावश्यक भ्रममा नपर्न समेत आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *