गण्डकीको नीति तथा कार्यक्रमः सबै नागरिकले पाए पूर्ण खोप, अर्थतन्त्र लयमा फर्कँदैछ

पोखरा । गण्डकी सरकाले प्रदेशको अर्थव्यवस्था सामान्य अवस्थामा फर्किएको जनाएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कोभिडको असर बिस्तारै मत्थर हुँदै गएको बताए ।

‘विगत २ वर्षदेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले नागरिकको स्वास्थ्य गम्भीर जोखिममा थियो । सामाजिक र आर्थिक क्रियाकलाप ठप्प थियो,’ उनले भने, ‘न्यून श्रोत साधन र अनुभवबाट प्रदेश सरकारले सुझबुझका साथ कोरोना महामारीको विरुद्ध लडाइमा सफलता प्राप्त गरिरहेको छ । अर्थतन्त्र लयमा फर्किँदै गएको छ ।’

उनले प्रदेशका सबै नागरिकले कोभिड विरुद्धको पूर्ण खोप लगाइसकेको जनाए । यस्तै, १९ प्रतिशतले बुस्टर डोज समेत लगाएको जानकारी दिए ।

सरकारले कोभिडबाट बाबुआमा गुमाएका बालबालिकालाई मासिक ५ हजार र कोरोनाबाट आफन्त गुमाएका परिवारलाई एक पटकमा ५० हजार रुपैयाँ राहत स्वरूप उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *