इम्बोस्ड जडानको चौतर्फी विरोध, गण्डकीका संघसंस्थाले दिन थाले दवाव

पोखरा । इम्बोस्ड नम्बर प्लेट जडानको चौतर्फी विरोध भएको छ । गण्डकी प्रदेशको नेपाल उद्योग वाणिज्य महासंघ र उपभोक्ता मञ्चले संयुक्त विज्ञप्ति निकालेर इम्बोस्ड प्लेट बदनियतपूर्ण ढंगबाट लागू गराउन खोजिएको आरोप लगाइएको छ ।

महासंघका अध्यक्ष सञ्जीवबहादुर कोइराला र मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका हुन् । ‘यातायात व्यवस्था विभागले निकालेको यो सूचनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । १ महिनाभित्रै लागू गर्ने धम्कीपूर्ण सूचनामा आपत्ति छ,’ उनीहरूले भनेका छन्, ‘सरकारसँग यो नम्बर रिड गर्ने प्रणाली छैन । यो गलत बाटो तत्कालै सच्याउनुपर्छ ।’

उनीहरूले लाइसेन्स नवीकरण समेत समयमा गर्न नसक्ने सरकारले इम्बोस्ड नम्बर प्लेटका नाममा जबरजस्ती गर्न खोजेको आरोप लगाए । करिब २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न ठेकेदारले ४ अर्ब ६८ करोड ५२ लाखमा ठेक्का लिएको छ । यति सबैमा जडान गर्दा समेत औसत १ हजार ८ सय ७५ पर्नेमा औसत ३ हजार १ सय उठाउन लागिएको भन्दै यो भित्र गलत नियत लुकेको आरोप छ ।

‘यो निर्णय बदनियत पूर्ण छ । तत्काल खारेज गरियोस् भन्ने हाम्रो जोडदार माग छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा कुनै पनि कदम चाल्न हामी बाध्य हुनेछौँ ।’ सरकारले पहिलो चरणमा गण्डकी र बागमतीमा इम्बोस्ड प्लेट राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *