गृहमन्त्रीकाे प्रश्न- प्रहरीलाई आदेश नै छैन, कसरी चलाइयाे गाेली ?

काठमाडाैँ । गृहमन्त्री बालकृष्णा खाँणले प्रहरीलाई गाेली चलाउने अधिकार नभएकाे प्रष्ट्याएका छन् । मंगलबार संसद्‌मा सांसदहरूले उठाएकाे विषयकाे जवाफ दिँदै उनले यस्ताे बताएका हुन् । ‘गाेली चलाउने आदेश कसले दियाे ? कसरी चलाइयाे, आवश्यक जानकारी बुझ्छाैँ र दाेषीलाई कारबाही गर्नेछाैँ ।’

यसअघि बर्दियाको मधुवन नगरपालिका २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले गोली चलाएको थियाे ।

घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *