गण्डकीको नीति तथा कार्यक्रम आज

पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो ३ बजे प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

उनका अनुसार चुनावी वर्ष नै भएपनि चुनाव केन्द्रित भन्दा जनताका आधारभूत आवश्यकता पूरा गर्ने विषयलाई नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको छ । प्रदेशको प्रथम पञ्चवर्षीय योजना, नेपालको पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्य लगायतमा आधारित रहेर नीति तथा कार्यक्रम तय गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *