सेयर बजार सुधारकाे माग गर्दै धिताेपत्र बाेर्डलाई ज्ञापन, माग पूरा नभए कडा आन्दोलन

काठमाडाैँ । पुँजी बजार सुधार लागि भन्दै सेयर बजारका लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा १९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार पुँजी बजार सुधार संघर्ष समितिका तर्फबाट तिलक कोइरालाले बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई विभिन्न माग सहितको ज्ञापन पत्र बुझाउनुभएको हो । ज्ञापन पत्र बुझाउँदै कोइरालाले १९ बुँदे माग अधिकांश माग तत्कालै पुरा सक्ने बताए ।

अन्य मागलाई कार्यान्वयनका लागि पनि आफुहरूको सहयोग हुने उनले बताए । उनले पुँजी बजार सुधारका लागि नियमनकारी निकायहरूले गर्नु पर्ने कामहरू पनि गर्न नसकेको बताए । त्यस्तै सरकारले साढे ३ वर्ष अघि नै गरिसक्छु भनेका कामहरू पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् ।

उनले सोही १९ बुँदे माग धितोपत्र बोर्डलाई बुझाएका हुन् । साथै, उनले आमरण अनसन सुरु हुनभन्दा पहिले नै मागहरूमाथि धितोपत्र बोर्डले सम्बोधन गर्ने अपेक्षा रहेको बताए । विगतको एमाले सरकारले साढे ३ वर्ष अघि नै सम्पन्न गर्छु भनेका र वर्तमान अर्थमन्त्रीले २ महिना अघि गरिसक्छु भनेर प्रतिबद्धता गरेका ५८ बुँदाँमध्ये बाँकी काम तत्काल पूरा हुनैपर्ने उनले बताए ।

ज्ञापन पत्र बुझ्दै बोर्डका अध्यक्ष हमालले लगानीकर्ताको मागप्रति बोर्ड सकारात्मक भएको र अहिले पनि पुँजी बजार सुधार गरिरहेको दावी गरे । उनले अन्य मागका बिषयमा सरोकारवाला निकायसँग छलफल गरिने प्रतिबद्धता जनाए ।

सेयर बजारका लगानीकर्ताले आफूहरूको मागप्रति चासो नदेखाए कडा आन्दोलन गर्ने चेतवनी दिएका छन् । आफ्ना मागका बिषयमा अर्थमन्त्रालयका साथै विभिन्न राजनीतिक पार्टीहरूसँग छलफल गर्ने तयारी उनीहरूले गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *