थप २१ जनामा कोरोना संक्रमण

काठमाडाैँ । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ९० पिसिआर परिक्षणका क्रममा ७ जना र १ हजार २ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै, थप ८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ४५ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =