बाँकेमा जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कार, सात जना पक्राउ

सुर्खेत । बाँके र बर्दियाको सीमामा पर्ने मानखोलाको जंगलमा एक जना १६ वर्षीय किशोरीलाई सामूहिक बलात्कार आरोपमा सात जना पक्राउ परेका छन् ।

फेसबुकबाट माया बसेका प्रेमीले जन्मदिन मनाउन बोलाएर उनीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कारमा संलग्न ५ जना र सहयोगी २ जनासहित ७ जनाले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आइतबार बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बलात्कारमा संलग्न बैजनाथ गाउँपालिका–८ झिगौरा बस्ने काशीराम थारूको अन्दाजी १७ वर्षका छोरा, (परिवर्तित नाम ‘ख’), दुखराम थारूको अन्दाजी २४ वर्षीया छोरा विक्रान्त थारू, राजन थारूको अन्दाजी २५ वर्षीया छोरा नीराजन थारू, राजेन्द्र थारूको अन्दाजी १६ वर्षीया छोरा (परिवर्तित नाम ‘ग’), रामफल थारूको अन्दाजी २३ वर्षीया छोरा राजकुमार थारू, बरघर थारूको अन्दाजी २० वर्षीया छोरा विश्वनाथ थारू र रामसुन्दर थारूको अन्दाजी १७ वर्षीया छोरा (परिवर्तित नाम ‘क’) रहेका बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले बताए ।

इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीको कमान्डमा खटिएको टोलिले आइतबार बिहान चार बजेको समयमा दुई जनालाई र अन्यलाई दिउँसो दुई बजेको समयमा पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार राप्ती सोनारी गाउँपालिका की एक १६ वर्षीया किशोरीलाई बाँकेको बैजनाथ गाउँपालिका–८ का प्रेमीलेले शनिवार साँझ जन्मदिन मनाउन बाँके र बर्दिया सीमानाको मानखोलामा बोलाएका थिए । उक्त किशोरी उनकी प्रेमिका हुन् ।

प्रहरीका अनुसार प्रेमी भेट्न बस चढेर मानखोला पुगेकी किशोरीलाई शनिवार साँझ प्रेमी किशोरीका प्रेमी र उनका साथी विक्रान्त थारूले बर्दियाको बढैयाताल घुमाएका थिए ।

बढैयाताल घुमाएर मानखोलाको फूलबारीमा ल्याएर उनीहरूले शनिवार रातीबाट मदिरा सहितको बर्थडे पार्टी गरे । किशोरी मदिराबाट लट्ठ पर्दै गएपछि ५ जनाले किशोरीलाई पालैपालो बलात्कार गरे ।

प्रेमीको जन्मदिन मनाउन भन्दै भेट्न पुगेकी ती किशोरीलाई मानखोलाकै जंगलमा मदिरा खुवाई ५ जनाले पालैपालो बलात्कार गरेका थिए ।

बढैयाताल घुमाएर मानखोलाको फूलबारीमा ल्याएर उनीहरूले शनिवार रातीबाट मदिरा सहितको बर्थडे पार्टी गरे । किशोरी मदिराबाट लट्ठ पर्दै गएपछि ५ जनाले किशोरीलाई पालै पालो बलात्कार गरे ।

५ जनाले बलात्कार गर्दा किशोरी बेहोस भइन् । किशोरी बेहोस भएपछि शनिवार नै किशोरीलाई मोटरसाइकलमा राखेर बाँके बैजनाथ–८ स्थित पिपरीमा रहेको विक्रान्त थारूको घरमा पु¥याए ।

विक्रान्तको गोठमा सुताइएकी किशोरीको जब होस् खुल्दै थियो त्यहाँ पुनः २ जनाले बलात्कार गरे । किशोरी फेरि बेहोस भइन् । मानखोलाको जंगलमा उनका प्रेमीसहितले बलात्कार गरेका थिए भने विक्रान्तको गोठमा नीराजन र विक्रान्तले पुनः बलात्कार गरेका थिए ।

अर्धचेत अवस्थामा रहेकी किशोरीलाई घर पु¥याईदिने भन्दै विक्रान्तकै भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा नेपालगन्ज–गुलरिया सडकको उढरापुरमा प्रहरी चेकिङमा परेपछि किशोरी माथिको बलात्कारको पर्दाफास भएको हो।

आइतबार बिहान प्रहरी चेकिङमा अर्धचेतको किशोरीलाई मोटरसाइकलको बिचमा राखेर नेपालगन्ज तर्फ लैजाँदै गर्दा प्रहरीले शंका लागेर किशोरीसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

होसमा आएपछि प्रहरीको सोधपुछमा किशोरीले बलात्कार गरेको बयान दिएपछि प्रहरीले थप ५ जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *