विप्लव नेतृत्वकाे नेकपा पुन: सडक ओर्लने, जेठ २५ देखि असार ५ गतेसम्म शृङ्खलाबद्ध जनसंघर्ष
२०७९ जेठ २३ गते

काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाले पुन: सडक संघर्ष गर्ने भएकाे छ । पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले विज्ञप्ति जारी गर्दै जेठ २५ गतेदेखि असार ५ गतेसम्म सडक संघर्ष गर्ने जानकारी दिएका छन् ।
प्रवक्ता प्रकाण्डकाअनुसार त्यसक्रममा पार्टीले २०७८ फागुन १५ गते नेपालकाे संसद्बाट पारित भएकाे अमेरिकी सहायता परियाेजना एमसीसीदेखि असार लाग्दासमेत किसानहरूलाई मल उपलब्ध गराउन नसक्ने सरकारकाे कदमकाे विराेध गर्नेछ ।

२०७९ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित








