पोखरामा बसको ठक्करबाट १ जनाको मृत्यु
२०७९ जेठ २३ गते

पोखरा । पोखरामा बसको ठक्करले एकजनाको मृत्यु भएको छ । पोखरा २७ अर्घौंचोकमा आइतबार राती पैदलयात्री घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
तनहुँको घिरिङ घर भइ पोखरा बसोबास गर्दै आएका ६५ वर्षीय इमराज लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट उनी गम्भीर घाइते थिए । उपचारका क्रममा पश्चिमान्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको कास्की प्रहरी प्रबक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
पोखराबाट तनहुँतर्फ जाँदै गरेको ना ७ ख ४९७६ नम्बरको बसले ठक्कर दिएको थियो ।
२०७९ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित









