तनहुँमा ढाडफेदी खोलाले बगाउँदा १ जना बेपत्ता
२०७९ जेठ २३ गते

पोखरा । तनहुँमा खोलाले बगाउँदा १ जना बेपत्ता भएका छन् । भानु नगरपालिका ११ बाट बग्ने ढाडफेदी खोलाले बगाएर स्थानीय चन्द्रबहादुर गुरुङलाई बेपत्ता बनाएको हो ।
उनी खोला तर्ने क्रममा चिप्लीएर बाढीमा फसेका थिए ।
उनलाई बगाएपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खवर गरेका थिए । अहिले प्रहरीले गुरुङको खोजी गरिरहेको छ ।
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । भानु २ र ५ जोडने पुल समेत बगाएको प्रहरीले जनाएको छ ।
यस्तै, भानु ९ बाइसजांगरबाट लम्जुङको पाँचभाइ चौतारो जाने निर्माणधीन सडक समेत भत्किएको बताइएको छ । त्यसक्षेत्रमा प्रहरी र सुरक्षाकर्मीहरू खटिएका छन् ।
२०७९ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित









