भारतीय पर्यटक डाक्न पोखराको डुलुवा टोली १ महिने भ्रमणमा

पोखरा । भारतीय पर्यटक डाक्नका लागि पोखराको डुलुवा टोली एक महिने भारतीय भ्रमणमा निस्किएको छ । कोभिडपछि थलिएको पर्यटन उकास्न यो टोलीले भारतका विभिन्न शहरमा पुगेर अन्तरक्रिया गर्नेछ ।

पर्यटकलाई पोखराको बारेमा जानकारी दिने छ र निम्तो बाँड्नेछ । टोली भारतको अमृतसहर, कश्मिर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन र नैनीताल लगायत क्षेत्रमा पुग्ने संयोजक योगेश भट्टराईले जानकारी दिए ।

पोखरामा पत्रकार भेटघाट गरी भ्रमणमा निस्किएको टोली त्यहाँका परिवेश, संस्कार र संस्कृतिबारे अध्ययन गर्नेछ भने त्यहाँका राम्रा प्रयोगहरूलाई नेपालमा ल्याउने बताइएको छ । यसअघि यही टोलीले देशका ७० जिल्लाको यात्रा गरिसकेको छ ।

टोलीमा पोखराको पर्यटन व्यवसायमा संलग्न १९ जना युवाहरू छन् । टोलीलाई विदाई गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले यो भ्रमण पोखराको पर्यटनमा उल्लेख्य हुने विश्वास व्यक्त गरेका छन् । उनले सुरक्षालाई ख्याल गर्न पनि आग्रह गरे ।

विदाइ कार्यक्रममा भारतीय पेन्सन क्याम्प पोखराका लेफ्टिनेन्ट कर्णेल शशाङ्क त्रिपाठी समेत उपस्थित थिए । उनले नेपाल र भारतको सम्बन्ध मजबुत बनाउन भ्रमण फलदायी हुने बताएका छन् । टोली जुलाई ५ तारिखमा बुटवल हुँदै पोखरा फर्किकेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *