भौगोलिक विकटताका कारण सुदूरपश्चिमकाे विकास हुन सकेन : प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदूरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासका धेरै सम्भावना रहेको भन्दै प्राकृतिक स्रोत साधनको उपयोग गर्दै पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताएका हुन् ।

प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै युवाहरूलाई स्वदेशमा नै रोजगारी प्रदान गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री देउवाले भौगोलिक विकटता लगाएतका कारणले सुदूरपश्चिम पछाडी परेका कारण त्यस क्षेत्रका युवाहरू रोजगारका लागि भारत जान बाध्य भएको उहाको भनाई छ । त्यस्तै उनले सुदूरपश्चिमलाई विकासको हव बनाउनका लागि दोधरा चादनीमा ड्राइपोर्ट आवश्यक रहेको धारणा राखे ।

प्रधानमन्त्री देउवाले मुलुकमा पछि परेका स्थानमा समान विकासका लागि सबैको सहकार्य आवश्यकतामा जोड दिए ।

प्रतिक्रिया

One thought on “भौगोलिक विकटताका कारण सुदूरपश्चिमकाे विकास हुन सकेन : प्रधानमन्त्री

  1. गरे हुन्थियो नगरेसि कस्को के लाग्छ र पहाडे पहाड भएक देश त विकास भएको छ समुन्द्र मुनि त मान्छेले बाटो बनाएको छ।।।नाच्न नजान्ने आगन टेडो भनेकोझै खुरो नगरुम न हौ अचेल नेपालको राजनिती देखेर हाँसो लाउँछ🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *