बुद्ध एअरले पोखरा–विराटनगर उडान गर्ने

विराटनगर । बुद्ध एअरले अब विराटनगर–पोखरा र पोखरा–विराटनगर उडान गर्ने भएको छ । आगामी शुक्रबार जेष्ठ २७ गतेदेखि एटिआर ७२ सिटे जहाजले उडान गर्ने बुद्ध एअरले जनाएको हो ।

पोखरालाई बेश बनाएर जुन १० तारिखदेखि पोखरा–विराटनगर उडान शुरु गर्न लागिएको बुद्ध एअर विराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले जानकारी दिए ।

बुद्ध एअरले २ बर्ष अगाडी पनि विराटनगरबाट पोखराको नियमित उडान शुरु गरेको थियो । कोभिडको संक्रमण बढ्दै जाँदा यात्रुको चाप घट्न थालेपछि उडान रोकिएको थियो ।

शुक्रवारदेखि हुने उडान हरेक दिन दिउँसो १२ः२५ मा पोखराबाट विराटनगर र दिउँसो १ : ५५ विराटनगरबाट पोखराको लागि हुने स्टेशन म्यानेजर भण्डारीले मकालुखबरलाई जानकारी दिए ।

एक घण्टाको उडान हुने विराटनगर–पोखराको रुटको भाडादर न्युनतम ६ हजार ६७५ हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *