हेलिकोप्टरबाट मसला ओसारेर अस्पताल भवन ढलान

पोखरा । विकट जिल्ला गोरखा । त्यसमाथि विकट धार्चे गाउँपालिका । पालिकाको केन्द्रसम्म बल्लबल्ल गाडी पुगेको छ । त्यसमाथि मान्छेले बोकाएरै सामान ढुवानी गर्नुपर्ने बाध्यता छ ।

पालिका सरकारले धार्चे ३ खोर्लाबेसीमा १५ शैय्याको अस्पताल निर्माण गर्ने अघिल्लो बजेटबाट व्यवस्था गर्‍यो । तर धार्चेली नागरिकलाई समस्या भो, त्यो पैसा खर्च गर्ने कि फिर्ता गर्ने भन्ने । बल्लबल्ल आएको विकास बजेट फिर्ता गर्ने कुरा पनि भएन, खर्च गर्न पनि ढुवानी समस्या भयो । अन्ततः हेलिकोप्टरबाटै सामान झिकाएर भवन निर्माण गरिएको छ ।

३ करोड लागतमा निर्माण हुँदै गरेको अस्पतालमा गाउँपालिकाले ४० प्रतिशत र छाया नेपालले ६० प्रतिशत लगानी गरेको छ । नेपालमा नै पहिलो पटक हेलिकोप्टरबाट गिट्टी बालुवा घोलेर तयार गरिएको मसला झिकाएर ढलान गरिएको हो । सिम्रिक एअरको दुई वटा हेलिकोप्टरबाट मसला बोकेर ढलान गरिएको छाया नेपालका प्रबन्धक सन्तोष सिलवालले जानकारी दिए । उनका अनुसार हेलिकोप्टरले ५० टीप मसला ओसारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *