अछाममा किशोर मृत भेटिएपछि तनाव, प्रहरी कार्यालय र गाडी तोडफोड

धनगढी । अछाम एक युवकको मृत्यु प्रकरणलाई लिएर तनाव उत्पन्न भएको छ ।

जिल्लाको पञ्चदेव विनायक नगरपालिका–४ कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेपछि तनाव उत्पन्न भएको छ । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेपछि तनाव उत्पन्न भएको हो ।

स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको ठाउँमा युवक मृत फेला परेपछि तनाव सृजना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अहिले एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएपछि विनायक क्षेत्रमा तनावग्रस्त अवस्था सिर्जना भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए ।

प्रदर्शनकारीले प्रहरीको गाडी र इलाका प्रहरी कार्यालय समेत तोडफोड गरेका छन् भने नाराबाजी गर्दै सडकमा टायरसमेत बालेका छन् । केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =