सिलिण्डर ग्यास पड्किँदा बालिकाको मृत्यु

काठमाडौँ । खाना पकाउने सिलिण्डर ग्यास पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छन् । सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *