मनै लोभ्याउने तालतलैया (तस्बिरहरू)

इटहरी । तालतलैया पूर्वी नेपालको एक मनोरम पर्यटकीय स्थल हो । सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने यो पर्यटकीय क्षेत्र लोकप्रिय घुम्ने स्थल रूपमा लिइन्छ ।

करिब २० हेक्टरमा फैलिएको तालतलैयामा स-साना ७ वटा तालहरू छन् भने विभिन्न २८ वटा मूर्तिहरू पनि यहाँ छन् । यहाँ बालबालिकाहरूका लागि स्विङ, मेरी गो राउण्ड, जङ्गली जनावरहरूसहितको जुओलोजिकल पार्कमा रमाउन सकिन्छ ।

युवायुवती तथा परिवारहरूका लागि प्याडल डुङ्गा जस्ता बाहिरी गतिविधिहरू पनि प्रशस्त छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत गन्तव्यस्थल बन्दै गएको यस स्थलमा विशेष गरी वनभोजको लागि बढी पर्यटकहरू आउने गरेका छन् ।

साथै जीवजन्तुको अवलोकन, जैविक विविधताको अवलोकन तथा अनुसन्धानका लागि पर्यटक आउने गरेको तालतलैया विकास तथा संरक्षण समितिले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्गको इटहरी पूर्वमा रहेको जुट विकास चोकबाट ५ किलोमिटर तथा कोसी राजमार्गको इटहरी तरहारा क्षेत्रबाट ३ किलोमिटरको सडक दुरीमा तालतलैया पुगिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *