प्रदेश सरकारको निर्णय विरुद्ध नागरिक अगुवा सडकमा

पोखरा । गण्डकी सरकारले पूर्व पदाधिकारीहरूलाई सेवा सुविधा दिने तयारी विरुद्द नागरिक अगुवाहरू आन्दोलित बनेका छन् । उनीहरूले शुक्रबार मन्त्रालय अगाडि प्रदर्शन गरेका हुन् ।

गैरसरकारी संस्था महासंघ नेपाल र शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् । राजनीतिलाई पेशा भन्दा सेवाको रूपमा लिनुपर्ने उनीहरूको भनाई छ ।

पूर्वपदाधिकारीहरूलाई राज्यको कोषबाट सुविधा उपलब्ध गराउँदै जाँदा केही वर्षमै राज्यकोषले खर्च धान्न नसक्ने ईन्सेक पश्चिमान्चलका प्रमुख शिव खकुरेलले बताए ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका पूर्व संयोजक विष्णुप्रसाद बरालले दलहरूले नागरिकहरूका भावना र मर्म विपरित भागवण्डामा जोड गरेका आरोप लगाए । नागरिकले सुशासनको प्रत्याभूति गर्न नसकेको उनले बताए ।

गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले नागरिकहरूको करवाट संकलित रकम पूर्वपदाधिकारीहरूको सेवामा खर्च गर्नु जनहित विपरित हुने बताए । जेठ १२ को प्रदेश मन्त्रीपरिषद बैठकले पुर्व पदाधिकारीलाई सेवा दिने गरि कानुन निर्माण कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =