संसद्मा एमालेले भन्याे- मूल्यवृद्धिमा भ्रष्टाचारकाे गन्ध आयाे

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मूल्यवृद्धिमा भ्रष्टाचारकाे गन्ध आएकाे बताएकाे छ । शुक्रबार संसद्मा बजेटमाथि भएकाे सैद्धान्तिक छलफलमा भाग लिँदै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले यस्ताे बताएका हुन् । मूल्यवृद्धिको निर्णय हुन लागेको सूचना चुहाएर सरकार निकट व्यक्तिहरूकोमा याँस र पेट्रोलियम पदार्थ पुर्याइएकाे भट्टराईकाे दाबी थियाे । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय गरिरहँदा सरकार वरिपरि रहेका, बालुवाटार वरिपरि रहेका, मन्त्री निवास वरिपरि रहेका मान्छेहरूमा सूचना अगाडि पुग्यो, त्यसकारणले डिपो रित्याएर ग्याँस सिलिण्डरहरू बजारमा आफ्ना मान्छेहरूकहाँ पुर्यायाे, पेट्रोल पम्पहरूमा पुर्याइयाे र त्यसको एक मिनेटपछि मूल्यवृद्धि गरियो । यसमा भ्रष्टाचारकाे गन्ध आयाे,’ उनले भनेका छन् ।
एमालेले मूल्यवृद्धिमा १० रुपैयाँ मूल्य कटाैती अपर्याप्त भएकाे बताएकाे छ । उसले मूल्यवृद्धिप्रति सरकारकाे ध्यान नजाँदा जनता मारमा परेकाे बताएकाे छ ।








