सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने

काठमाडाैँ । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मत सम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो ।

सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधा मात्रै उडान हुने उनले बताए ।

वर्षाैदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मत सम्भार गर्न लागिएको हो । दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो । सप्तकोसी निर्माण सेवा कम्पनीले उक्त मर्मत सम्भारको ठेक्का लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *