पृथ्वी राजमार्गमा राति सडक बन्द हुने

पोखरा । पृथ्वीराजमार्गअन्तर्गत निर्माणाधीन मुग्लिन-पोखरा सडकको याम्पाफाँट र घाँसीकुवामा सडक बन्द हुने भएको छ । हरेक दिन रातको ५ घण्टा सडक बन्द गरेर निर्माण गर्न लागिएको हो ।

अहिले चिनियाँ कम्पनीले यो सडक स्तरोन्नतिको काम गरिरहेको छ । सडक आयोजनाले सूचना जारी गरी राती ११ देखि ४ बजेसम्म सडक बन्द हुने जानकारी गराएको हो । ‘गाडी गुडिरहेको समयमा काम गर्न समस्या भयो । त्यसैले बन्द गरेरै काम अघि बढाउन लागेका हौँ,’ आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले भने, ‘लामो समय यस्तो हुँदैन ।’

उनका अनुसार त्यहाँ अहिले धमाधम काम भइरहेको छ । रुख कटान देखि भौतिक संरचना हटाइसकिएको छ । देशको राजधानीसँग छिटो जोडिनका लागि यो सडक स्तरोन्नति गर्न लागिएको हो । सडक निर्माण भएपछि यसको स्तरोन्नति हुन सकेको छैन । सडक निर्माणका लागि २ खण्डमा ठेक्का लगाइएको छ ।

दुवै खण्ड चिनियाँ कम्पनीले ठेक्का पाएको छ । पहिलो खण्ड ६ अर्ब २१ करोड र दोस्रो खण्ड ७ अर्ब ४० करोड लागतमा काम हुन लागेको हो । सहरी क्षेत्रमा ६ लेन र अरू क्षेत्रमा ४ लेन हुने गरी सडक विस्तार गर्ने योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *