स्वर्गीय राजा वीरेन्द्रको सम्झनामा पोखरामा दीप प्रज्वलन 

पोखरा । स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको सम्झनामा पोखरामा दीप प्रज्वलन कार्यक्रम भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

पोखरा वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रवादी राजा वीरेन्द्रको अभाव देशमा खड्किएको बताए । स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारलाई श्रद्धाञ्जली दिँदै उनले राजसंस्था मात्रै अबको विकल्प भएको बताए ।

उनले नेपालगन्जमा राजा वीरेन्द्रको सालिक पुनर्स्थापनामा सरकारले धरपकड गरेको भन्दै भर्त्सना गरेका छन् । कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीका अध्यक्ष विजय बहादुर भण्डारीले जेठ १९ नेपालका लागि कालो दिन भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *