पल शाहलाई थुनामै राख्न उच्च अदालत पोखराकाे आदेश

पोखरा । बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई थुनामै राख्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

उच्च अदालतले शाहलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको उच्च अदालत पाेखराका उप रजिस्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिए । पल शाह जिल्ला अदालत तनहुँ र नवलपुरको आदेशविरुद्ध उच्च अदालत, पोखरा गएका थिए ।

बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेका हुन् ।

आदेश:
No description available.
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *