पुनःगणनाकाे माग गर्दै पाेखरा-१८ का एमाले उम्मेदवारले हाले मुद्दा

पाेखरा । हालै सम्पन्न स्थानीय तहकाे निर्वाचनमा झिनाे मतान्तरले पराजित पाेखरा महानगरपालिका वडा नम्बर १८ बाट एमालेका वडाध्यक्ष उम्मेदवार पुस्कल थापाले पुनःगणनाकाे माग गर्दै मुद्दा दायर गरेका छन् ।

थापाले पुनःगणनाको माग गर्दै उच्च अदालत पाेखरामा मुद्दा दर्ता गराएका हुन् । पाेखरा नगरकाे वडा नम्बर १८ काे वडाध्यक्ष पदमा उनले ३ मतकाे अन्तरले चुनाव हारेका थिए ।

उनलाई नेपाली कांग्रेसका शिव तिमिल्सिनाले पराजित गरेका थिए ।

थापाले खसेको भन्दा गणनामा ९ मत कम देखिएकाे र उक्त मत आफ्नै भएको दाबी गरेका छन् । गणनामा थापाकाे ४ हजार २ सय ३९ मत आएको थियो भने तिमिल्सिनाको ४ हजार २ सय ४२ मत रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =