जहाज दुर्घटनाका मृतककाे शव आफन्तलाई बुझाइयो (तस्वीर)
२०७९ जेठ १९ गते

काठमाडाैँ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा भएकाे जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाकाे शव आफन्तलाई बुझाइएकाे छ ।
आइतवार माैसम खराबीका कारण पाेखराबाट जाेमसाेम जाँदै गरेकाे तारा एअरकाे जहाज दुर्घटनामा परेकाे थियाे ।
नेपाली, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे सहयाेगमा दुर्घटनास्थलबाट शवहरू संकलन गरी २ चरणमा काठमाडाैँ ल्याइएकाे थियाे ।
काठमाडाैँ ल्याइएका शवहरूकाे मंगलवार र बुधवार पाेस्टमार्टम गरी बिहीवार आफन्तकाे जिम्मा लगाइएकाे हाे ।
तस्वीरः

२०७९ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित








