अर्थमन्त्रीलाई गगनकाे प्रश्न- बजेटबारे सांसदहरूलाई आश्वस्त पार्न सक्नुहुन्छ ?

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘बजेटबारे सांसदहरूलाई आश्वस्त पार्न सक्नुहुन्छ ?’ भनेर प्रश्न गरेका छन् । बिहीबार संसद्‌मा भएकाे बजेटमाथिकाे छलफलमा भाग लिँदै उनले यस्ताे प्रश्न गरेका हुन् । ‘बजेटमा केही कुराहरू साह्रै राम्रा छन् । तर त्यसकाे स्राेतबारे केही प्रश्नहरू पनि छन् । त्यसकाे कार्यान्वयनबारे प्रश्नहरू छन् । यसमा अर्थमन्त्री र सरकारले विशेषरूपमा ध्यान दिनुपर्छ । यी कुराहरूमा अर्थमन्त्रीले कसरी मजस्ता एउटा सांसदलाई विश्वस्त पार्न सक्नुहुन्छ ? सबैभन्दा पहिले अर्थमन्त्रीले सांसदहरूलाई आश्वस्त पार्न सक्नुपर्छ । बजेट सकिनासाथ सम्बन्धित मन्त्रालयहरूलाई बाेलाएर बजेट परेकाे थियाे, किन कार्यान्वयन भएन ? भनेर साेधाैँ । पाेहाेर पनि त बजेटमा यी यावत् कुराहरू आएकै हुन् । किन कार्यान्वयन भएन, त्याे खाेजाैँ ।’

उनले व्यापार घाटा घटाउन भने बजेटले सहयाेग गर्ने बताए । यसका लागि उनले अर्थमन्त्रीलाई धन्यवादसमेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =