पोखरामा आमा र बच्चा मृतावस्थामा फेला, अनुसन्धान शुरू

पोखरा । पोखराको सिर्जनाचोकमा धर्मपुत्री र आमा मृत फेला परेका छन् ।

स्थानीय लिटिल स्टेप माविको कक्षा २ मा अध्ययनरत विद्यार्थी र उनकी धर्म आमा मृत फेला परेका हुन् । चितवन घर भई पोखरामा भाडामा बस्दै आएका उनीहरू मृत फेला परेपछि अनुसन्धान शुरू गरिएको छ । कास्की प्रहरीका अनुसार हत्या हुनसक्ने अनुमान गरिएको छ ।

घटनाको प्रकृति हेर्दा पहिला आमाले धर्मपुत्रीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको देखिने श्रोतको भनाइ छ । तर, प्रहरीले अवस्थाबारे स्पष्ट प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन । डीएसपी सुन्दर तिवारीका अनुसार जाहेरी निवेदन परिसकेको र अनुसन्धान सुरु भएको छ ।

घटनाकाबारेमा थप विवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =