पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक
२०७९ जेठ १८ गते

काठमाडौँ । भारतीय आयल कर्पोरेसन(आईओसी)बाट नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची प्राप्त भएको छ ।
आईओसीले आज बुधबार नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । उक्त सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्यमा वृद्धि भएको छ भने डिजेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने घटेको छ ।
पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ भने मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेको छ । डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेको निगमले जनाएको छ ।
भारतले पठाएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गरिने नेपाल आयल निगमले बताएको छ ।
२०७९ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








